भदौ २८,
ग्लोबल आवाज
बुटवल । सामाजिक क्षेत्रमा सक्रिय हुँदैं आएको रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले रोट्रयाक्ट क्लबका गतिविधिहरुलाई समेटेर रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल – भुटान भरका रोट्रयाक्ट क्लबहरुका विचमा पब्लिक इमेज प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता अनुसार प्रत्येक क्लबहरुले वर्ष २०१९/२० भरी सम्पन्न गरेका कार्यक्रमहरुले समाजमा के कस्तो प्रत्यक्ष अथवा अप्रत्यक्ष प्रभाव पार्न सक्यो र समाजिक उत्तरदायित्व कति पूरा गर्न सक्यो र सो को लागि प्रर्वद्धनात्मक कार्यक्रमहरु गर्दै सञ्चार माध्यमहरुमा कसरी प्रस्तुत भए भन्ने विषयमा आधारितरहि देशभरका १२२ भन्दा बढी रोट्रयाक्ट क्लबहरुका बिच पब्लिक ईमेज प्रतियोगिता हुने क्लबका अध्यक्ष मधु भट्टराइले बताए ।
रोट्रयाक्ट वर्ष २०१९/२० का देशभरीका अध्यक्ष र सचिवहरुको भेला चितवनमा भएको अवसर पारी क्लबका अध्यक्षले सम्बोधन गर्दै प्रतियोगितामा उत्कृष्ट हुने क्लबहरुलाई रु ५०,००० बराबरको नगद प्रदान गरिने कार्यक्रम संयोजक महेश खनालले जनकारी गराए । सो अवसरमा अवसरमा कार्यक्रमको ब्यानरमा आइ.पि.डि.आर.आर सौगात गौतम र डि.आर.आर इलेक्ट सन्जिव पौडेलले संयुक्त रुपमा हस्ताक्षर गर्दै कार्यक्रमको औपचारिक रुपमा सुरुवात भएको क्लबका सचिव सौरभ भुसालले जानकारी गराए ।
प्रतिक्रिया