भाद्र २८,
कञ्चन । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको पडरिया आधारभुत विद्यालयमा प्राथमिक उपचार सम्बन्धी सचेतनाका लागि प्रदर्शन कार्यक्रम भएको छ । विश्व प्राथमिक उपचार दिवसको अवसरमा शनिबार ‘प्राथमिक उपचार सबैले सिकौं’-भन्ने अभियानका साथ नेपाल रेडक्रस सोसाइटीको आयोजनामा भएको कार्यक्रममा प्राथमिक उपचारका बारेमा प्रयोगात्मक शिक्षा प्रदान गरिएको थियो ।
रेड क्रस सोसाइटीका सभापति प्रेमलाल उदासको अध्यक्षतामा भएको कार्यक्रममा नाथ्रो फटेमा, सर्पले डसेमा, पोल्यो भने तथा बिरामी वेहोस भएको अवस्थामा तत्काल अपनाउनु पर्ने उपाय बारे प्रयोगात्मक रुपमा प्रदर्शन गरिएको थियो । प्रशिक्षकहरु दलबहादुर थापा, तुलबहादुर थापा, सैलेन्द्र तुलाधर, आशमाया राना, कृष्ण मल्ल लगायतले प्राथमिक शिक्षा बारे जानकारी गराएका थिए । कार्यक्रममा विद्यार्थी तथा अभिभावक गरी सय जना बढीको उपस्थिती रहेको आयोजकले जनाएको छ ।
दिवसकै अवसरमा बुटवलमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको आतिथ्यतामा जिल्ला स्तरिय ‘प्राथमिक उपचार’ हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा एभरग्रिन ईङलिस बोर्डिङ स्कूल प्रथम, मदरल्याण्ड ईङ्लिश स्कुल द्वितीय, होराईजन जिबिएस तृतीय तथा हिमालय आधारभूत विद्यालय कञ्चन ४ र मदरटङ्श ईङ्लिश स्कूल सान्त्वना भएका थिए ।
प्रतिक्रिया