ताजा अपडेट »

लुम्बिनी स्पोट्र्सको आयोजनामा रक्तदान, ५२ यूनिट संकलन

शनिबार, २८ भदौ २०७६

भाद्र २८,
बुटवल । लुम्बिनी स्पोट्र्स क्लब, तिलोत्तमा–१४ ले नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र तथा यूनाइटेड कलेज अफ मेडिकल साइन्सेस भैरहवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेकोछ ।

क्लबले हरेक बर्ष सामाजिक उत्तरदायित्वलाई उच्च महत्वदिँदै लोक कल्याणको क्षेत्रमा कार्य गर्ने गरेकोछ । यस पटक क्लबले रक्तदान जीवन दान भन्ने सन्देश सहित आयोजना गरेको कार्यक्रममा ५२ यूनिट रगत संकलन भएको छ । तिलोत्तमा ७ भलवाडी चोकमा आयोजना गरिएको कार्यक्रममा क्लबका सल्लाहकार राजन गुरुड्डको प्रमुख आतिथ्यता रहेको थियो भने क्लबका सल्लाहकार तथा संचारकर्मी कमल थापा, रक्त संचार केन्द्र भैरहवाका ईन्चार्ज हरि सापकोटा, समाजसेवी अशोक पुन, लगायतको समेत उपस्थिती रहेको थियो । युवाहरुलाई गोलबन्द गरेर अगाडी बढेको संघ–संस्थाहरुले भौतिक विकास र आत्मकेन्द्रीत जीवन शैलीबाट चरम प्रभावित युवाहरुलाई सामाजिक जिम्मेवारीप्रति सम्बेदनशील गराउन यस्ता कार्यक्रम महत्वपुर्ण हुने प्रमुख अतिथि गुरुड्डले बताए ।
कार्यक्रम, क्लबका अध्यक्ष प्रतबहादुर पुनको अध्यक्षता, कार्यक्रम संयोजक श्री बहादुर थापाको स्वागत र सचिव विष्णु दगामिको सञ्चालनमा भएको थिायो ।

क्लबले दशै तिहारको उपलक्ष्यमा राष्ट्रिय स्तरको पा“चौ ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको सल्लाहकार कमल थापाले बताए ।