ताजा अपडेट »

सडकको सुरक्षित प्रयोगका लागि अनुशिक्षण

शनिबार, २८ भदौ २०७६

भाद्र २८,
बुटवल । सूरक्षित यात्रा अभियान नेपाल र मिडिया प्लस तथा बिभिन्न रोटरी क्लबहरुको आयोजनामा सडकको सुरक्षित प्रयोग सम्वन्धी अनुशिक्षण सम्पन्न भएको छ । निर्माणाधिन बुटवल बेलहिया सडकको प्रयोगसँगै सडक प्रयोगकर्ताहरुमा असुरक्षा भएको भन्दै उक्त अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ब्यापारीक मार्ग बिस्तार आयोजनाका ईन्जिनीयर प्रकृती पोखरेल र ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक हुमानन्द खनाल तथा सुरक्षित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डेले सहजीकरण गरेका थिए । कार्यक्रममा सहजीकरण गर्दै ब्यापारीक मार्ग बिस्तार आयोजनाका ईन्जिनीयर प्रकृती पोखरेलले सडकको सुरक्षित प्रयोगका लागि सडक प्रयोगकर्ता आफै सजग हुन पर्ने बताईन् । पोखरेलले नयाँ बनेको सडकको प्रयोगमा सावधानी अपनाउन नसके अत्यन्त जोखिमपुर्ण हुने बताउँदै सडक ज्यान जानबाट रोक्न सामुहिक प्रयत्न आवश्यक भएको बताईन् । ५ नंम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक हुमानन्द खनालले सडक प्रयोगकर्ताहरुमा ट्राफिक नियमको पालना गर्ने बानी नवसेसम्म सडक सधै असुरक्षित भई रहने बताए । खनालले सडकको सुरक्षित प्रयोगमा आफु मात्र होईन आफ्नो टोल छिमेक र अन्य सडक प्रयोगकर्ताहरुलाई समेत हुन सक्ने भयावह अवस्था बारे सचेत गराउन आग्रह गरे ।

सुरक्षित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डेले सडक निर्माणले विकासको ढोका तयार गरेको तथा सडक किनारको हरियालीले सहरलाई सुन्दर बनाएको भए पनि सडकमै नागरीकको ज्यान जाँदासम्म त्यस्तो सुन्दरताले अर्थ नराख्ने बताए । अनुशिक्षण कार्यक्रममा रोटरी क्लव अफ तिनाउ बुटवल, रोटरी क्लव अफ मणिग्राम रुपन्देही, रोट्याक्ट क्लब अफ तिनाउ बुटवल लगायतका संस्थाका करिब सय जनाको सहभागीता रहेको थियो