भैरहवा । आइतबार मोतीपुर घटनामा परि घाइते भएका र भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा उपचार गराई रहेका १९ जना सबैको अवश्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । घाईत भई उपचार गराईरहेका पत्रकार विश्व ज्ञवाली अस्पतालबाट डिस्चार्ज भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
अस्पतालका प्रशासन प्रमुख तेज केसीका अनुसार घाईते मध्ये एक जनाको सफल अपरेशन गरिएको छ । पाल्पा तानसेन नगरपालिका वडा नम्बर १० बस्ने ३० बर्षिय प्रेम बहादुर कामीको अपरेशन गरिएको छ ।
मोतीपुर घटनामा परि १२ जना सर्वसाधारण र ५ जना प्रहरी अझै उपचारमै रहेका छन् । घाईतेहरुमा दंग बहादुर परियार, गम्भिर सिंह बिश्वकर्मा, प्रेम बहादुर कामी, सर्वेश केवट, मेघराज रोक्का क्षेत्री, श्री चन्द्र कुर्मी, रोक बहादुर, मनरुपा गाहा, बिष्णु परियार, समिर थापा, सन्तोष कुमार र मेख बहादुर कुमाल रहेको प्रशासन प्रमुख केसीले जनाए ।
प्रतिक्रिया