ताजा अपडेट »

स्पेनलाई हराउँदै फ्रान्सले जित्यो नेसन्स लिगको उपाधि

सोमबार, २५ असोज २०७८

काठमाडौं । युईएफए नेसन्स लिगको उपाधि फ्रान्सले जितेको छ । आइतबार राति इटालीको सान सिरोमा भएको खेलमा पुनरामगन गर्दै  फ्रान्सले स्पेनलाई २-१ गोल अन्तरले हराएको हो । 

फ्रान्सको जितमा केलिएन एम्बाप्पे र करिम बेन्जेमा नायक रहे । स्पेनको लागि  माइकल ओयर्जबालले १ गोल गरे । खेलमा अग्रता भने स्पेनले बनायो । कप्तान सर्जीयो बुस्केटको पासमा ६४ मिनेटमा माइकलले सुरुवाती गोल गरे  ।

खेलको ६६ मिनेटमा बेन्जेमाले एम्बाप्पेको पास सदुपयोग गर्दै गोल गरे । खेल सकिन १० मिनेट बाँकी छँदा  एम्बाप्पेले गोल गर्दै टोलीलाई उपाधी दिलाए । यसअघि भएको पहिलो खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले तेस्रो स्थान हासिल गर्‍याे ।