ताजा अपडेट »

ड्रोन आक्रमणले साउदी अरबको तेल प्रशोधनस्थलमा आगलागी

शनिबार, २८ भदौ २०७६

भाद्र २८,
बुटवल । ड्रोन आक्रमणका कारण साउदी अरबको सरकारी कम्पनी अरामकोका दुई मुख्य तेल प्रशोधनस्थलमा आगलागी भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्।

संसारकै सबैभन्दा विशाल तेल प्रशोधनस्थल अबकाइकको भिडिओमा आगोका ठूलो लप्का र धुँवा देखिन्छ। दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको तेलखानीमा पनि आगो लागेको थियो। सरकारी समाचारमाध्यमहरूका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन्। विगतमा यस्ता आक्रमणका लागि इरान निकट यमनका विद्रोही हुथी समूहमाथि आरोप लगाइएको थियो। तर यी आक्रमणहरू कसले गर्‍यो भन्ने खुलाइएको छैन।

"स्थानीय समय बिहान चार बजे अरामकोका सुरक्षा टोलीहरूले दुई तेल स्थलहरूमा (ड्रोनका कारण शुरू भएको) आगो निभाउने प्रयास शुरू गरेका थिए," सरकारी साउदी प्रेस एजेन्सीले लेखेको छ। "दुई आगलागी नियन्त्रणमा आएको छ।" अबकाइक र कुरिस साउदी अरबको पूर्वी प्रान्तमा रहेका छन्।-बीबीसी