माघ १३,
काठमाडौं । नेपाल विद्यार्थी संघका महामन्त्री कपिलेश्वर यादव घाइते भएका छन् ।आइतवार दिउँसो नेविसंघले निकालेको प्रदर्शनमा प्रहरी र नेविसंघका कार्यकर्ताबीच झडप हुँदा महामन्त्री यादव घाइते भएका हुन् ।
उनको टाउकोमा चोट लागेको छ । घाइते यादवको बानेश्वर स्थित एभरेष्ट अस्पतालमा उपचार भइहरको छ । माइतिघरबाट निकालिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि २१ जना कार्यकर्ता नियन्त्रणमा लिएको छ ।
आफ्नो असहमति हुँदाहुँदै शुक्रबार चिकित्सा विधेयक पारित गरिएको, प्रमुख प्रतिपक्षी दलका नेताविना संवैधानिक निकायमा प्रमुखको नियुक्तिका लागि सिफारिस गरेकोसहितका विषय उठाउँदै कांग्रेस सरकारविरुद्ध आन्दोलित भएको हुन् ।
प्रतिक्रिया