भाद्र २८,
ग्लोबल आवाज
बुटवल । मौसम पूर्वानुमान महाशाखाले आज दिनभर देशका विभिन्न स्थानमा बदली भइ वर्षा हुने बताएको छ । केही स्थानमा मेग गर्जन र चट्याङसहित वर्षा हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । बंगालको खाडीबाट आएको हावाको कारण मौसमी गतिविधि बढिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानको आसपासमा रहेको छ। भारतको मध्य प्रदेशको उत्तरी भाग तथा उत्तर प्रदेशको दक्षिण भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ। देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित मध्यम वर्षा भइरहेको छ। देशका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। राति देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। देशका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आइतबार देशभरी सामान्य बदली रही मध्य,पुर्व र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगमा भारी वर्षाको सम्भावना छ। सोमबार पहाडि भेगका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
'देशका धेरै स्थानमा मध्ययम वर्षा र केहि स्थानमा भारी वर्षाको सम्भावना भएकोले नदिमा आकस्मिक पानीको बहाव बढ्न सक्ने छ।' बुलेटिनमा भनिएको छ, 'पहाडि भु-भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउने भएकाले सतर्कता अपनाउन अनुरोध छ।'
प्रतिक्रिया