ताजा अपडेट »

बार्सिलोनामै क्यारियर अन्त्य गर्ने योजना थियो- मेसी

आइतबार, २४ असोज २०७८

काठमाडौँ । लियोनेल मेसीले आफुले आफ्नो क्यारियर बार्सिलोनामै अन्त्य गर्ने सोचेको बताएका छन् ।फ्रेन्च फुटबललाई दिएको अन्तर्वार्तामा मेसीले आफ्नो विगत र भविष्यको बारेमा खुलेर कुरा गर्दै आफुले बार्सिलोना छोडेर जाने बारे कहिल्लै नसोचेको बताएका हुन् ।मेसीले भनेका छन्- 'मैले त्यस्तो सोचेको थिएन । मेरो दिमागमा बार्सिलोनामा जाने, सम्झौता नविकरण गर्ने र सिधै प्रशिक्षण शुरु गर्ने भन्ने मात्र थियो ।'

मेसीले अन्तर्वार्तामा अगाडी भनेका छन्- 'मलाई लाग्यो सबै कुरा तयार छ, गएर सम्झौता नविकरण गर्ने मात्र हो भन्ने बुझाई थियो तर त्यस्तो हुन सकेन । उनीहरुले मलाई सम्झौता गर्न सम्भव नभएको र नयाँ क्लब खोज्न भने, जसले मेरो सबै योजना परिवर्तन भयो ।'

मेसीले आफ्नो क्यारियरमा पहिलो पटक यस्तो घटना घटेको भन्दै आफूसँग क्लब छोड्नुको विकल्प नै नभएको बताए ।मेसीले अन्तर्वार्तामा अगाडी अब पिएसजीका लागि च्याम्पियनसिप जित्न प्रयास गर्ने बताएका छन् ।मेसीले नेइमार र एन्जल डी मारिया आफु पिएसजी आउनुमा प्रमुख कारण भएको पनि बताएका छन् ।

मेसीले छोटो समयमा नै आफुले पिएसजीको बारेमा निर्णय लिएको बताएका छन् । आफुसँग अन्य प्रस्ताव पनि भएको तर पिएसजीको बारेमा छिटो निर्णय लिएको बताए ।च्याम्पियन्स लिग जित्ने पिएसजीको जस्तै आफ्नो पनि सपना भएको बताउदै पछिल्ला बर्षहरुमा च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गरेको बताए ।