ताजा अपडेट »

स्थानीय निकाय र मिडिया बीच समन्वय वृद्धि गर्न जोड

शुक्रबार, २७ भदौ २०७६

भाद्र २७,
ग्लोबल आवाज
बुटवल । प्रदेश ५ का सांसद भोजप्रसाद श्रेष्ठले मुलुकमा योजनाबद्ध विकासको थालनी भएको बताएका छन् । कर्मचारीमा भएको ढिलासुस्ति र पुरानो मानसिकतालाई हटाउन आवश्यक रहेको बताउँदै श्रेष्ठले विधिका नाममा अल्मलिने र भ्रष्टाचार हुने अवस्थाको अन्त्य हुने बताए ।

बुद्ध सामुदायिक टेलिभिजनले शुक्रबार बुटवलमा आयोजना गरेको सरकारी निकायहरु बीचको समन्वय र मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले मुलुक अब फास्ट ट्रयाकबाट विकासको गीतमा जान आवश्यक रहेको बताए । सरकारबाट भएगरेका राम्रा कार्यहरु मिडियामा आउन नसक्दा जनतामा निरासा देखिएको भन्दै उनले गुनासो गरे । कांर्यक्रममा प्रदेश न ५ की सांसद प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेत्री निर्मला क्षेत्रीले स्थानीय नियकाले अधिकार थाहा नपाउने र प्रदेश तथा संघीय सरकारले अधिकार प्रत्यायोजन नगर्दा समस्या सिर्जना भएको बताईन् । स्थानीय निकायहरुमा विषय विज्ञ कर्मचारीहरुको अभाव तथा आवश्यक कानूनहरु निर्माण हुन नसकेको बताउँदै क्षेत्रीले स्थानीय निकाय, प्रदेश सरकार र संघ बीच अधिकार क्षेत्रबारे स्पष्ट नहुँदा समस्या सिर्जना भएको उल्लेख गरीन् । सरकारलाई सही दिशामा लैजानका लागि सरकार र मिडयाको उचित समन्वय तथा अन्तरसम्बन्ध आवश्यक रहने उनले बताइन् ।

स्थानीय नीकाय तथा कर्मचारीहरुकोतर्फबाट बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले स्थानीय नीकायहरुमा कर्मचारी अभावका कारण विकास निर्माणका कार्यहरुलाई प्रभावकारी र रफ्तारमा अगाडी बढाउन नसकिएको बताए । मिडियासँग प्रयाप्त समन्वय हुन नसकेको कुरालाई स्वीकार गर्दै उनले आगामी दिनमा सुधार गर्दै लैजानु पर्ने उल्लेख गरे । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जीसीले स्थानीय निकाय र सञ्चारकर्मीहरु बीच ठुलो ज्ञाप रहेको बताउँदै यसलाई मेट्नु पर्नेमा जोड दिए । स्थानीय निकायमा कर्मचारीहरुको तथा सञ्चारकर्मीहरुको समेत क्षेमता वृद्धि गर्न आवश्यक रहेको औल्याउँदै उनले सरकारमा भए गरेका सबै क्रियाकलापहरुलाई जनताको सामु ल्याउनका लागि मिडियासँग समन्वयको खाँचौ रहेको बताए ।

रुपन्देहीका स्थानीय निकायहरुका प्रतिनिधी तथा सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिती रहेको अन्तरक्रियामा अधिवक्ता तथा स्तम्भकार युवराज कंडेलले ‘सरकारी निकायहरु बीचको समन्वय र मिडियाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।