ताजा अपडेट »

प्रहरी निरीक्षक पाण्डेयको प्रहरी गीत 'आँधी हुरी' सार्वजनिक

शनिबार, २३ असोज २०७८

गुल्मी । नेपाल प्रहरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयको नयाँ गीत सार्वजनिक भएको छ । प्रहरी सम्बन्धी विभिन्न गतिविधिलाई समेटेर तयार पारिएको गीत ‘आँधी हुरी’ सार्वजनिक भएको हो ।

नेपाल प्रहरीले गरेका कामहरुको बारेमा लेखिएको शब्द भाव सहितको गीतमा नेपाल प्रहरीले समाजमा गर्ने विभिन्न कामहरुको बारेमा गीत मार्फत जानकारी गराइएको छ । प्रहरीले आँधी हुरी प्रचण्ड गर्मी केहि नभनी देश र जनताको लागि काम गर्दछ भन्ने भाव गीतमा राखिएको उक्त गीतका गीतकार भोजराज पाण्डेयले बताए ।

गीतमा स्वर प्रभापत दास, शब्द भोजराज पाण्डेय र संगीत संयोजन प्रमोद परियारको रहेको छ । नेपाल प्रहरी कर्तव्य प्रति निर्भिग र अटल रहेको सन्देश गीतले दिलाएको छ । प्रहरी सेवा मार्फत राष्ट्र सेवामा लागेका पाण्डेले गीत संगीत तर्फ पनि उनको रुची रहेको छ ।

गीतको पुरा भिडियो :

https://youtu.be/My-USg5_wIs