माघ १३,
दक्षिणी फिलिपिन्सस्थित एउटा गिरिजाघरमा दुईवटा बम हमला हुँदा कम्तिमा १९ जनाको मृत्यु र अन्य ४२ जना घाइते भएको अधिकारीहरुले बताएका छन् ।
त्यहाँ पहिलो विस्फोटन आइतबार भएको हो । विस्फोटनका क्रममा सो जोलो टापूमा भीडहरु रोमन क्याथोलिक क्याथेड्रिल मनाइरहेका थिए ।
एकजना सेनाको अनुसार दोस्रो बम पार्किङ क्षेत्रमा विस्फोटन गराइएको थियो ।
गत हप्ता आयोजना भएको जनमतसंग्रहमा बहुसंख्यक मुसलमानहरुले सो क्षेत्रमा ठूलो स्वयत्तताका लागि मतदान गरेपछि ती हमलाहरु भएका हुन् ।
जोलो क्षेत्र लामो समयदेखि इस्लामिक लडाकूहरुको आधार हो । सो क्षेत्रमा अब्बु सेयैफ समूहको पनि बर्चस्व छ । हमलामा घाइते हुने दुबै सैनिक र सर्वसाधारण रहेका छन् । - एजेन्सी
प्रतिक्रिया