गुल्मी । लोक तथा दोहोरी गायक एबम् गीतकार बोमबहादुर कार्कीको दशैं गीत सार्बजनिक भएको छ । हिन्दुहरुको महान पर्व वडा दशैं भित्रिएसँगै गायक कार्कीले दशैं सम्बन्धी गीत ‘अहिलेको दशैंमा’ सार्बजनिक गरेका हुन् ।
दशैंमा स्वदेश तथा प्रदेशबाट आफनो घरमा फर्किने दशैं मनाउने जस्ता विषयवस्तु गीतमा समावेश रहेको गीतकार कार्कीले बताए । दशैंमा सकेसम्म घरबाट टाढा रहेका एकै ठाउँमा हुनुपर्दछ सँगैदशैं मनाउनु पर्छ भन्ने मान्यता पनि रहेको छ । कार्कीले सार्बजनिक गरेको गीतमा अहिलेको दशैंमा गुल्मीको बसैमा सरर घरमा जाने कथा वस्तु गीतमा समावेश रहेको छ । गीतमा धान कोदो फुलेका झुलेका, चर्खे पिङ्ग, सराए नाच, सयपत्री फूलहरु फूलेका जस्ता कुराहरु गीतमा समाबेश गरीएको छ ।
दशैं आएपछि आफू जन्मेको गाउँघरको याद र सरर बसमा घर तिर लागेका जस्ता कथावस्तु गीतमा रहेको छ । गीतमा गुल्मीका केहि रमणिय स्थलको पनि भिडियोमा समावेश गरिएको छ । गीतकार कार्कीको जन्म घर पनि गुल्मी हो । उनि लोक संगीत क्षेत्रका पुराना सर्जक हुन् ।
गीतकार बोमबहादुर कार्कीको लय शब्द रहेको गीतमा शिबा आले र बोमबहादुर कार्कीकै सुमधुर स्वर रहेको छ ।
गीतको भिडियोमा गुल्मेली मोडल महेन्द्र गौतम र रञ्जिता गुरुङ्गको अभिनय रहेको छ । दशैं सम्बन्धी गीत धेरै दर्शक श्रोताले मन पराउने गीतकार कार्कीले बताए । स्मृति तिमिल्सिना गुरुआमाले तयार गरेको भिडियो कार्कीको आफनै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया