ताजा अपडेट »

२० लाख बढीको अवैध मालसामान नियन्त्रण

शनिबार, २३ असोज २०७८

परासी । पश्चिम नवलपरासी प्रहरीले भारतबाट भन्सार छली ल्याउँदै गरेको २० लाख बढी मुल्य बराबरको अवैध मालसामान, रागा, भैंसी र खशी नियन्त्रणमा लिएको छ ।जिल्लाका विभिन्न स्थानबाट प्रहरीले २० लाख २६ हजार ४ सय १० मुल्य बराबरको अवैध मालसामान, खशी, रागा, भैंसी र खशी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकरी दिए । साथै एउटा पिकअप र पिकअप चालक पनि प्रहरी नियन्त्रणमा रहेका छन् ।

सुस्ता गाउँपालिका–२ मा प्रहरी चौकी कुडियाबाट खटिएको टोलीले १५ लाख १० हजार मुल्य बराबरको १७ वटा खशी बागमती प्रदेश ०३–००१ च १२४६ नम्बरको पिकअप गाडि र पिकअप चालकलाई समेत नियन्त्रणमा लिइएको छ ।यस्तै सरावल गाउँपापिलका–७ बुलन्दपुरमा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले ८३ हजार २ सय ५० मुल्यको ७४ प्याकेट पहेलो तोरीको विउ बरामद गरेको छ । सोही स्थानaबाट प्रहरीले ४ लाख २० हजार मुल्य बराबरको ५ वटा रागा र एउटा भैंसी नियन्त्रणमा लिएको छ ।

यस्तै पाल्हीनन्दन गाउँपालिका–३ कुश्मामा प्रहरी कार्यालय अमानिगंजबाट खटिएको टोलीले भारतबाट ल्याउँदै गरेको एक सय ५० किलो चिनी, ४ किलो नरिवल लगायत १३ हजार एक सय ६० रुपैयाँ मुल्यको सामान बरामद गरेको छ । बरामद गरिएका सबै सामान, भैंसी, रागा र खशी महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।