ताजा अपडेट »

सवारी साधन माथि पहिरो खस्दा १ जनाको मृत्यु, ४ घाइते

शुक्रबार, २७ भदौ २०७६

भदौ २७,
ग्लोबल आवाज
बुटवल । सिद्धार्थ राजामार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको दोभानमा आज विहान पहिरो झर्दा दुई सवारी साधन पुरिएका छन् । पहिरोमा लु १ ज २६१७ को एक जीप र लु २ च ५९३८ नम्बरको स्कर्पियो पुरिएको हो। सवारी साधन माथी पहिरो जाँदा जीप चालक कमल परियारको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएको दोभान प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ । पहिरो हटाएर अहिले सडक दोहोरो सुचारु भएको प्रहरीले जनाएको छ।