ताजा अपडेट »

नादेझ्दा कप फाइनल: उज्बेकिस्तानका विरुद्ध नेपाल

विहीबार, २६ भदौ २०७६

भाद्र २६,
ग्लोबल आवाज
बुटवल । नादेझ्दा कपको उपाधिका लागि नेपाली महिला फुटवल टोलीले आज उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । किर्गिस्थानमा जारी फुटबल प्रतियोगितामा समूह चरणको खेल अन्तरगत अंक तालिकामा दोस्रो बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो भने उज्बेकिस्तान समुह विजेता बनेर फाइनलको यात्रा तय गरेको हो ।

४ समूह सहभागि प्रतियोगिताको समूह चरणका खेलहरुमा नेपालले किर्गिस्तानलाई २ आठ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा उज्बेकिस्तानसँग २–० को हार बेहोर्यो । अन्तिम खेलमा ताजिकिस्तानलाई १–० ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको थियो । ताजिकिस्तानलाई १२–० ले हराएको उज्बेकी टोलीले किर्गिस्तानलाई ९–० को अन्तरले पराजित गरेको थियो । प्रतियोगिताको उपाधि दाबेदार उज्बेकिस्तानलाई हराउन नेपाललाई निकै कठिन हुनेछ । अन्तिम खेलपछि एक दिनको विश्रामले टोलीलाई केहि राहत भने पुगेको छ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तराष्ट्रि फुटबलमा त्यति लामो इतिहास छैन । तर कम समयमै नेपाली टोलीले अन्तराष्ट्रिय स्तरमा भने आफ्नो परिचय स्थापित गरेको छ ।

दक्षिण एसियाली फुटबलमा लगभग सबै प्रतियोगितामा भारतभन्दा पछाडि रहेर नेपाल उपविजेता बन्दै आएको छ । नेपालले गतवर्ष कोलकातामा सम्पन्न हिरो गोल्डकपमा पहिलो पटक भारतलाई पराजित गर्यो । नेपाल उक्त प्रतियोगिताको फाइनलमा पनि प्रवेश गर्यो । तर म्यानमारको चुनौती नेपाललाई भारी पर्यो र नेपाल फेरिपनि उपविजेतामा नै सिमित भयो । नेपालले फेरी अर्को आमन्त्रित अन्तराष्ट्रिय प्रतियोगिताको फाइनल खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे हुनेछ । किर्गीस्तानमा जारि प्रतियोगितामा नेपाल समूह चरणमा २ जित र १ हारसँगै फाइनल प्रवेश गरेको हो ।