काठमाडौँ । जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्लाडीयटर्सका कप्तान शरद भेसावकरलाई जरिवाना लगाइएको छ ।शरदलाई मंगलबार सम्पन्न काठमाडौँ किंग्स इलेभेनविरुद्धको खेलमा स्लो ओभर रेटका कारण २० प्रतिशत म्याच फिस जरिवाना लगाइएको हो ।
त्यस्तै शरद बाहेक भैरहवाका प्लेइङ–११ का अन्य १० खेलाडीलाई २ प्रतिशत म्याच फिस जरिवाना लगाइएको छ । शरदलाई यस अघि सोमबार सम्पन्न खेलमा चितवन टाइगर्सविरुद्ध स्लो ओभर रेटको कारण १० प्रतिशत म्याच फिस जरिवाना लगाइएको थियो ।
इपिएलमा शरद दुई पटक जरिवाना लगाइएको पहिलो कप्तान बनेका छन् ।त्यस्तै यसअघि पोखरा राइनोजका कप्तान विनोद भण्डारी, काठमाडौंका कप्तान सन्दीप लामिछाने, चितवनका कप्तान सोमपाल कामी र ललितपुरका कप्तान कुशल भुर्तेलमाथि जरिवाना लगाइएको थियो ।
प्रतिक्रिया