बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी सीता भण्डारीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ परेका श्रीमान् टीका पौड्याल, जेठाजू हरि पौड्याल र दिदी बिष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार थुनछेक बहसबाट पक्राउ परेका तिनै जनालाई पुर्पक्षको लागी थुनामा राख्न अदालतले दिएको आदेश भएबमोजिम जिल्ला कारागार पठाईएको हो ।
भण्डारी गत भदौं १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिईन् । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या भएको बताएको थियो ।
छोरीको हत्या नै भएको भन्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले बुटवल ईलका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यहाँका प्रमुखले किटानी जाहेरी लिन नमानेपछि आन्दोलन सुरु भएको थियो ।
त्यस आन्दोलनको दबावमा आएपछि आत्माहत्या दुरुसाहनको मुद्दा दायर गर्न लगाइएको थियो । लगत्तै आरोपित श्रीमान टीका पौड्याल, उनकी दिदी बिष्णु पौड्याल, जेठाजू हरि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मृत्यु भएको करिब १ महिना हुन लाग्दा समेत मृतकको शव उठेको छैन।
प्रतिक्रिया