भाद्र २५,
बुटवल । लायन्स क्लव अफ बुटवल, लायनेश क्लव बुटवल र लियो क्लव अफ बुटवलको संयुक्त आयोजनामा रुपन्देहीका १ सय ६९ वटा विद्यालयहरुमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
मंगलबार लायन्स आँखा अस्पताल बुटवलमा कालिका मानवज्ञान माविका विद्यार्थीहरुको आँखा परिक्षण गरी शिविरको शुभारम्भ गरिएको छ । शिविर एक बर्षमा १ सय ६९ वटा विद्यालयहरुमा पुग्ने लायन्य क्लव अफ बुटवलका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । निःशुल्क आखाँ शिविर सुभारम्भ कार्यक्रममा डिष्ट्रिक गर्भनर एमजेएफ अनुप पहारी, एमजेएफ पुर्व डिष्ट्रक गर्भनर महेन्द्र नारायण श्रेष्ठ, डिष्ट्रिक को चिफ एमजेएफ अर्जुन मान शैजु, एरिया को चिफ विनोद खरेल, लायन्स आँख अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर श्रेष्ठ, कालिका मानव ज्ञान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामी लगायतले धारणा राखेका थिए ।

कार्यक्रम संयोजक महेश प्रसाद श्रेष्ठका अनुसार विद्यार्थीहरुको आखाँ परिक्षण लायन्स आँखा अस्पतालका चिकित्सक डा. उपेन्द्र भारी तथा प्राविधिक टोलीले गरेको थियो । लायन्स क्लव अफ बुटवलका सचिव सरदमान श्रेष्ठका अनुसार शिविरमा समस्या देखिएका विद्यार्थीहरुको शल्यक्रिया समेत अस्पतालले निःशुल्क गर्ने छ ।
प्रतिक्रिया