ताजा अपडेट »

नेत्रज्योतिसंघ प्रदेश ५ को सभापतिमा राणा

बुधबार, २५ भदौ २०७६

भाद्र २५,
गुल्मी । नेपाल नेत्रज्योति संघ प्रदेश पाँचको प्रथम अधिवेशनले सभापति पदमा रुपन्देही शाखाका सागरप्रताव राणालाई चयन गरेको छ । गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न प्रथम अधिवेशनले राणाको सभापतित्वमा ९ सदस्यीय कार्य समितको चयन भएको हो ।


प्रथम अबिधेशनले आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन गरेको हो । उपसभापतिमा बाँके शाखाका रमेशबहादुर शाह, सचिवमा रुपेन्देही शाखाका राजेन्द्रप्रसाद पन्थी, कोषाध्यक्षमा दाङ शाखाका लिला शाह निर्वाचित भएकी छन् । सदस्यहरुमा नवलपरासीबाट मञ्जु कँडेल, पाल्पाबाट चकोरमान शाक्य, गुल्मीबाट शेरबहादुर थापा, वर्दियाबाट लोकमणि आचार्य, अर्घाखाँचीबाट नेत्रप्रसाद भुसाल, प्युठानबाट डाक्टर आनन्द कुमार श्रेष्ठ र कपिलवस्तुबाट राजेशकुमार रहेका छन् । अबिधेशनको मंगलबार प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन वरालले उद्घाटन गरेका थिए । अबिधेशनको लागि १२ जिल्लाबाट बिभिन्न प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।