माघ १३,
दक्षिण अफ्रिकी अल राउण्डर एण्डिले फेहलुकवायोमाथि जातीय बयान दिएको स्वीकार गरेपछि पाकिस्तानी राष्ट्रिय क्रिकेट कप्तान सर्फराज एहेमदमाथि चारवटा म्याचका लागि प्रतिबन्ध लगाइएको छ ।
दरबानमा सम्पन्न एक दिवसीय अन्ताराष्ट्रिय म्याचमा सर्फराजले प्रतिजाती संहिताको उल्लंघन गरेको अन्तराष्ट्रिय क्रिकेट परिषदले बताएको छ ।
३१ वर्षीये कप्तान सर्फराजले पछि माफी माग्दै आफ्नो भनाईहरु कुनै एक व्यक्तिप्रति लक्षित नरहेको सफाई दिएका थिए ।
विकेटकिपर सर्फराजले अब दक्षिण अफ्रिकाविरुद्धको दुईवटा ट्वायन्टीट्वायन्टी म्याच र दुईवटा एक दिवसीय अन्तराष्ट्रिय म्याचमा खेल्न नपाउने भएका छन् ।
सर्फराजले स्टम्प माइक्रोफोनमा उर्दु शब्द ‘काले’ प्रयोग गरेको आइसिसिले पाएपछि उसले सर्फराजमाथि अनुसन्धान सुरु गरेको छ ।सर्फराजले आइसिसिको शैक्षिक कार्यक्रममा पनि सहभागी हुनुपर्नेछ । - एजेन्सी
प्रतिक्रिया