काठमाडौं । चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा प्रवेश गरेको छ । टियु मैदानमा भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजमाथि ९ विकेटको सानदार जित निकाल्दै चितवन फाइनलमा पुगेको हो ।
पोखराले दिएको ६६ रनको झिनो लक्ष्य चितवनले ७.४ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । चितवनका लागि ओपनरद्वय मोहम्मद शाहजाद र हासिम अन्सारीले ४८ र १४ रन बनाए । करिम जन्नतले ४ रन जोडे ।पोखराका लागि नन्दन यादवले एक विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १५ ओभरमा १० विकेट गुमाएर ६६ रन बनाएको थियो ।
पोखराका लागि ओपनर रिचार्ड लेभी र सुनिल धमलाले १९ र १८ रन जोडेका थिए । साहन अर्चाचिगेले ३, असेला गुणरत्नेले १, विवेक यादवले २, लोकेश बहादुर बमले ५, विक्रम सोवले ३ रन जोडे । सुशान भारीले १२ रन बनाउँदा किशोर महतोले १ रन जोडे । कप्तान विनोद भण्डारी र नन्दन यादव शून्यमै आउट भए ।
चितवनका लागि सागर ढकाल र साहब आलमले चार/चार विकेट लिए । सोमपाल कामी र करिम जन्नतले एक/एक विकेट लिए ।
प्रतिक्रिया