ताजा अपडेट »

न्यू भिजनका विद्यार्थीद्वारा सचेतना सहित डेङ्गु विरुद्ध र्याली

बुधबार, २५ भदौ २०७६

भाद्र २५,
बुटवल । मुलुकभर महामारिका रुपमा फैलिँदै गरेको डेङ्गु रोग नियन्त्रणका लागि रुपन्देहीको बुटवल–१२ तामनगरमा अवस्थित न्यू भिजनका विद्यार्थीले सचेतना कार्यक्रमको आयोजना गरेका छन् ।

विद्यालयमा रहेको बाल क्लब तथा जुनियर रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा ‘डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजौँ र नष्ट गरौं’ भन्ने अभियान सञ्चालन गरेका हुन् । कक्षा ८,९ र १० का विद्यार्थी तथा शिक्षकहरु शिक्षकहरु अभियानमा सहभागिता रहेको थियो । विद्यालयबाट सुरु भएको र्याली सहित विद्यार्थीहरुले लामखुट्टे बस्न सक्ने सम्भावित ठाउँहरुमा विभिन्न पेष्टिसाईडस तथा मोविल प्रयोग गरि उक्त ठाउँहरुलाई नष्ट गरेका थिए । तामनगर क्षेत्रका विभिन्न ठाउँहरुमा सचेतना सहित परिक्रमा गरेको र्याली पुन विद्यालयमा आएर समापन गरिएको थियो । विहान ७ बजेदेखि सुरुभएको सचेतना र्याली ३ घण्टापछि १० बजे समापन गरिएको विद्यालयले जनाएको छ ।