भाद्र २४,
बुटवल । बुटवल ११, देविनगर मा अवस्थीत तिनाउ इ. बो. स्कुलले देशमै महामारीको रुपमा फैलिन लागेको डेङ्गु विरुद्ध सचेतना ¥याली तथा जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ ।
विद्यालयको तिनाउ सचेतना क्लबको आयोजना तथा तिनाउ ईङ्गलीस बोर्डिङ स्कुलको संयोजनमा भएको सचेतना कार्यक्रममा कक्षा ७ देखी कक्षा १० सम्मका विद्यार्थी तथा शिक्षकहरु सहभागि भएका थिए ।
झण्डै ५ सय जनाको सहभागिता रहेको सचेतनामुलुक कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका अध्यक्ष यज्ञमुर्ति पाण्डेले, पछिल्लो समयमा डेगुँ रोगका बिरामीहरु बढ्दै गएकोतर्फ सचेत गराउँदै महामारीको रुपमा फैलिएको डेङ्गु संक्रमणलाई रोक्न विद्यालयले सचेतना कार्यक्रम सञ्चालन गरेको बताए । विद्यालयकी प्राचार्य सिता पाण्डेले डेङ्गु नियन्त्रणका लागि सबै नेपाली एक भएर सचेतना र स्वास्थ्य व्यवहार गर्नुपर्नेमा जोड दिइन् । विद्यालयकोतर्फबाट डेङ्गु रोगको संक्रमण, बच्ने उपाय, संक्रमण भइसकेपछि अपनाउनु पर्ने कुराहरु लगायत विषयमा जानकारी दिनका लागि १ हजार ५ सयबढी प्रचा–पम्प्लेट बाढीएका समेत जानकारी गराईन् ।
विद्यार्थी तथा शिक्षकहरुको सहभागितामा विद्यालयबाट सुरुभएको सचेतना र्याली होराइजनचोक, देवसिद्धचोक, कालीकानगर, मिलनचोक, माझगाउँ, प्रगतीनगर हुदै बुटवल ११ देवीनगर चौपारीमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका सह–प्रार्चाय इश्वरी पाण्डेले महामारीको रुपमा फैलिदै गएको डेगुँ रोगको रोकथामको लागि विद्यालयले एउटा उदाहरणीय कार्यगरेको दाबी गर्दै प्रत्यक टोल, छिमेक, संघसंस्थाबाट समेत सचेतनाका कार्यक्रम गर्नुपर्ने बताए । तिनाउ सचेतना क्लबका इन्चार्ज शिक्षक नारायण ज्ञवाली, अध्यक्ष साजन मल्ल, उपाध्यक्ष शुशिल खनाल र सदस्यहरु विशाल थापा, नमिता खनाल, अंशु श्रेष्ठ लगायतले भनाई राखेका थिए ।
प्रतिक्रिया