ताजा अपडेट »

नविन औद्योगिकले गरायो डेङ्गु विरुद्धको सचेतना

बुधबार, २५ भदौ २०७६

भाद्र २५,
बुटवल । रुपन्देहीको बुटवलमा अवस्थित नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरले मंगलबार डेंगु रोग विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको छ । बुटवल नगर क्षेत्रमा डेंगु रोगको उच्च जोखिम रहेकाले विद्यालयको सेवा क्षेत्र अन्तरगत माझगाउमा शिक्षक सन्तोष पछाइको नेतृत्वमा, राजन अधिकारीको नेतृत्वमा प्रगतिनगर र पुनाराम पोखरेलको नेतृत्वमा देवीनगर क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

कालिकानगर क्षेत्रमा कक्षा ९ का विद्यार्थीहरु चेतनामुलक व्यानर, पर्चा मोविल सहित टोलटोलमा पुगी सचेतना कार्यक्रम सञ्चालन गरेका थिए । बुटवल उपमहानगरपालिकाले डेंगु रोग विरुद्ध सचेतना अभियान सञ्चालन गर्न अनुरोध गरेको र विद्यालयको पनि एक सामाजिक उत्तर दायित्व भएकाले विद्यालय हाता र सेवा क्षेत्र वरिपरि डेंगु विरुद्ध सचेतना गरिएको प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए ।