ताजा अपडेट »

अपर तामाकोशीको एजीएम आज, यस्ता छन् एजेन्डा

मंगलबार, १९ असोज २०७८

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको १२औँ र १३औँ वार्षिक साधारणसभा म‌गंलबार हुँदै छ । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को वार्षिक साधारणसभा गर्न लागेको हो ।

कम्पनीको सभा नेपाल विद्युत प्राधिकरण दरबारमार्ग, काठमाडौंमा भर्चुअल माध्यमबाट जुम एप्लिकेसनमार्फत गरिने कम्पनीले जनाएको छ ।

सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणको विषयमा छलफल हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ ।

सभा प्रयोजनका लागि ४ असोजमा बुक क्लोज गरिएको छ । ३ असोजसम्म नेप्सेमा कायम सेयरधनीले माधै सभामा सहभागीता जनाउन सक्नेछन् ।