भाद्र २४,
ग्लोबल आवाज
बुटवल । आज मँगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यस दिन कारोबार शुरु भएपछि भारी मात्रामा गिरावट आएको थियो । तर, मध्यन्नतिरबाट सुधार हुँदै गए पनि अन्ततः कारोबार बन्द हुने बेलामा नेप्से परिसूचक २.२४ अंकले घटेर १ हजार १६६ दशमलव ६७ बिन्दूमा झरेको छ ।
कुल १७२ कम्पनीको ९ लाख ९२ हजार १२२ कित्ता शेयर २३ करोड ७९ लाख ५९ हजार ६५३ रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम अघिल्ला दिनको तुलनामा न्यून हो ।
नेप्से परिसुचकमा ११ वटा उप शिर्षकमध्य होटल समूहमा भने २८ दशमलव ८७ अंकले वृद्धि भएको छ । ननु लाईफ इन्सुरेन्स समुहमा २२ दशमलव ८२ अंकले वृद्धि हुँदा विकास बैंक समूहमा २ दशमलव शून्य ६ अंकले सुधार आएको छ भने म्युचुअल फन्डमा शून्य दशमलव शून्य ५ अंकले सुधार देखिएको छ ।
मंगलबार समग्र परिसूचकमा गिरावट आए पनि हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब सात प्रतिशतले बढेको छ । तर, सेन्ट्रल फाइनान्स र अरुण काबेली पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यी कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशतले घटेको छ । यस दिन सबैभन्दा बढी कुमारी बैंकको शेयर किनबेच भएको छ । यस कम्पनीको सवा करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया