भाद्र २४,
ग्लोबल आवाज
बुटवल । नेपाल राष्ट्र बैंकले मंगलबार सुचना प्रविधि प्रणालीमा अन्तरनिहित आन्तरिक एवम् बाह्य सुरक्षाको जोखिम न्यूनीयकर तथा ब्यवस्थापनका लागि निर्देशन जारी गरेको छ । आफ्नो वेवसाइट, मोबाइल एप, सामजिक सञ्जाल, वालवेर भाइरस, र्यानसोमवेरजस्ता बाह्यीय जोखिम नियन्त्रका लागि सचेत हुन सुझाब दिएको छ ।
राष्ट्र बैंकका का.मु. निर्देशक किरण पण्डितको हस्तारक्षर रहेको सूचनामा स्पम, सिसिङ, स्पुफिङलगायतका माध्यमबाट अनाधिकृत पहुँच गरी सूचना चुहावट र आर्थिक चोरीको जोखिम रोक्नका लागि पेरिमिटर डिफेन्स, एसेज कन्ट्रोल, इनक्रिप्सन, एन्टीभाइरस, फायरवेलजस्ता प्राविधिक क्षमता सुदृढ गर्न निर्देशन दिइएको छ । राष्ट्र बैंकले सुचना आदनप्रदान गर्दा, भुक्तानी आदेश एवम् सेवा प्रवाह गर्दा अवलम्बन गरेका प्रणालीको सत्यता जाँच गरेर मात्र गर्ने ब्यवस्था मिलाउन पनि निर्देशन दिएको हो ।कतिपय असम्बन्धित ब्यक्ति र स्थानबाट नक्कली पत्राचार एवम् भुक्तानीको आदेश समेतबाट प्रयुक्त प्रणालीको दुरुपयोग गर्ने प्रयोस भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रणालीहरुको आवश्यक अनुगमनको ब्यवस्था गर्ने र भएका इन्सिडेन्ट र आक्रमणको सुचना सम्बन्धित निकायमा दिने ब्यवस्था गर्न पनि भनिएको छ । बैंकहरुलाई आइटीको सेकुरिटी अडिट गर्न पनि भनिएको छ। कर्मचारी र प्रयोगकर्ताको क्षमता बढाउन आवधिक ब्यवस्था गर्न पनि भनिएको छ ।

प्रतिक्रिया