भाद्र २४,
ग्लोबल आवाज
बुटवल । नेपाली महिला फुटबल टोली किर्गिस्तान जारी नादेझ्दा कपको फाइनलम पुगेको छ । ताजकिस्तानलाई मंगलबार आज भएको खेलमा १–० गोलले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । नेपाल ४ राष्ट्र सहभागी नादेझ्दा कपको दोस्रो स्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो ।
खेलको दोस्रो हाफ, ८५ औं मिनेटमा सावित्रा भण्डारी सम्बाको गोलमा नेपाल विजयी भएको हो । गिताको फ्रिकिकलाई सम्बाले हेडमार्फत गोल गरेकी थिइन । त्यहि गोल खेलको निर्णायक बन्यो । प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो । किर्गिस्तानविरुद्धको पहिलो खेलमा उनले ४ गोल गरेकी थिइन् । अब नेपालले बिहीबार हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ । लगातार दुई खेल जित्दै उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ । राउण्ड रोविनको अन्तिम खेल आजै उज्वेकिस्तान र आयोजक किर्गिस्तानबीच हुनेछ । प्रतियोगिताको पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ ले हराउँदै नेपालले दमदार सुरुवात गरेको थियो । तर नेपाल दोस्रो खेलमा भने उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो ।
प्रतिक्रिया