ताजा अपडेट »

बोर्डरबाटै अवैध ब्रोइलर कुखुरा बरामद

आइतबार, १३ माघ २०७५


माघ १३,ग्लोबल आवाज
बुटवल । अवैध रुपमा नेपाल भित्राउन लागिएका ब्रोईलर कुखुरा रुपन्देही प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको छ । भारतबाट ठूूलो संख्यामा नेपाल ल्याएका ब्रोइलर कुखुरालाई रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं.५बाट आज बरामद गरिएको रुपन्देहीका प्रहरी उपरिक्षक हृदय थापाले जानकारी दिए । थापाका अनुसार करिब ७० हजार मुल्य बराबरको १३६ वटा कुखुरा बरामद भएको हो ।
यस्तै केही दिन अघि पनि प्रहरीले ५ क्विन्टल अवैध कुखुरा बरामद गरेको थियो । बरामद कुखुरालाई नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरीले जनाएको छ ।भारतमा कुखुराको फर्म खोली बढी नाफा आर्जन गर्ने दाउमा अवैध रुपमा रुपन्देहीका विभिन्न स्थानमा कुखुरा बिक्री वितरण गरेको सूूचना पाए अनुसार प्रहरीले यस्तो कारोबार गर्नेहरुको कडा निगरानी गरेको छ ।