भाद्र २४,
ग्लोबल आवाज
बुटवल । भारतको मोतिहारीबाट नेपालको अमलेखगन्जसम्मको पेट्रोलियम पाइपलाइन परियोजना उद्घाटन भएको छ। दुवै देशका प्रधानमन्त्रीले आ-आफ्नो कार्यालयबाट स्वीच थिचेर पाइपलाइन उद्घाटन गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहरदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित आफ्नो कार्यकक्षबाट संयुक्तरूपमा स्वीच थिचेर पाइपलाइन उद्घटान गरेका हुन्। ‘दक्षिण एसियाकै पहिलो अन्तरसिमा पेट्रोलियम पाइपलाइन निर्धारित समयभन्दा पहिले नै पूरा भयो। आश गरेभन्दा आधा समयमै यो परियोजना पूरा हुनुमा नेपाल सरकारको सहयोग र हाम्रो संयुक्त प्रयासको प्रतिफल हो,’ भारतीय प्रधानमन्त्री मोदील ट्वीट गर्दै भने, ‘पछिल्ला केही वर्ष हामीबीच उच्चस्तरीय राजनीतिक स्तरमा अभूतपूर्व निकटता आएको छ र नियमित सम्पर्क भइरहेको छ। पछिल्लो डेढ वर्षमा मेरा मित्र प्रधानमन्त्री ओलीजी र मेरो चारपटक भेट भइसकेको छ।’
पछिल्लो पाँच वर्षमा महत्वपूर्ण द्विपक्षीय परियोजनाहरू पूरा गरेको र अन्य थुप्रै प्रयासका नतिजा चाँडै आएको मोदीले बताए। ‘पछिल्लो वर्ष हामीले संयुक्तरूपमा पशुपतिनाथ धर्मशाला र आइसिपी वीरगन्जको उद्घाटन गरेका थियौं,’ मोदीले लेखेका छन्, ‘विकासका लागि हाम्रो साझेदारी थप सक्रिय बनाउने र नयाँ क्षेत्रमा सहयोग थप्नका लागि हामीले नयाँ अवसरहरूको फाइदा उठाएका छौं। हाम्रो संयुक्त प्रयासहरूका उद्देश्य भनेको हाम्रा जनतालाई लाभ मिलोस् र उनीहरूको उन्नति होस् भन्ने हो।’
प्रतिक्रिया