ताजा अपडेट »

कांग्रेस महाधिवेशन गुल्मी : पत्रकार श्रेष्ठद्वारा रेसुङ्गा नगरसभापतिको उम्मेद्वारी घोषणा

सोमबार, १८ असोज २०७८

गुल्मी। नेपाली कांग्रेस गुल्मीको १४ औं महाधिवेशन अन्तरगत पालिका स्तरको अधिवेशनमा नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले रेसुङ्गा नगरपालिकाको नगरसभापतिको उम्मेद्वारी घोषणा गरेका छन् । आईतवार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरि श्रेष्ठले सभापतिको उम्मेद्वारी घोषणा गरेका हुन् ।‘यस अघि म नगर कार्य समिति सचिव थिएँ , म भन्दा माथील्लो नेतृत्व सभापति र उपसभापितले नगरको नेतृत्व छाडेर माथील्लो तह क्षेत्रिय प्रतिनिधीमा जाने निर्णय गरि सके पछि म सचिवको जिम्मेवारीमा रहेको ब्यक्तिले नगरसभापति स्वतः सर्वसम्मत पाउने कुरा हुन्छ यसर्थ म सभापतिको उम्मेद्वारी दिने घोषणा गरेको हुँ ’– श्रेष्ले भने ।

बहुदल अघि पुर्खेयौली घर अर्घाखाँचीको छत्रगञ्जमा छँदा विद्यार्थी काल देखि नै नेवि संघबाट नेपाली कांग्रेसमा आबद्ध आफु २०४८ साल देखि नेपाली कांग्रेसको सक्रिय राजनितीमा लागेको श्रेष्ठ बताउँछन् । विगत ४८ बर्ष देखि गुल्मीको सदरमुकाम तम्घासमा बसेर विभिन्न ब्यवसाय संगै नेपाली कांग्रेसको राजनीति गर्दै आएका उनले २०६१ सालमा नेपाल पत्रकार महासंघ गुल्मीको संस्थापक अध्यक्ष रहेर जिल्लाको पत्रकारिताको विकासमा उल्लेख्य टेवा पुराउँदै आएका छन् । उनकै पालमा नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि घट्डेर किन्ने काम भएको थियो ।

लामो समय नेपाल टेलिभिजनको गुल्मी प्रतिनिधी रहेका श्रेष्ले अहिले सक्रिय पत्रकारिता भने गर्दैनन्। निर्माण ब्यवसायी संघ गुल्मीको महासचिव समेत रहेका उनले अब निर्माण क्षेत्र आफुले गर्दै आएको अन्य ब्यसायमा अब आफुले समय नदिई पार्टी काम मै खट्ने प्रतिबद्धता जनाए । उनले भने –‘ १४ औं महाधिवेशनलाई मध्ये नजर गर्दै मैले गर्दै आएको पसले समेत एक बर्ष अघि देखि बेचेर पार्टी काममा खटेको छु, स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसले मेयरमा हारेकोले पनि यस पालिकामा कांग्रेस कमजोर भएको महशुस भएको छ , यसर्थ पार्टीलाई फेरी एक पटक जुरुक्क उठाउनका लागि पनि मेरो उमेदवारीको खाँचो छ र साथीहरुले पनि मलाई नेतृत्वमा पुराउन सर्वसम्मत निर्णय गर्नु हुने छ भन्ने कुरामा म बिश्वस्तछु । ’

उनले पत्रकारिताको सुरुवाती दिन देखि हाल सम्म सदरमुकाम तम्घासमा विभिन्न संग संस्थाको नेतृत्वमा रहेर सामाजिक कामहरु पनि गर्दै आएका छन् । रेसुङ्गा सामुदायिक प्रहरीको अध्यक्ष रहँदा उनले विभिन्न निकायबाट रकम जुटाएर रातमा अँन्धकार हुने सदरमुकाम तम्घास बजारमा नाईत लाईटिङ्गको ब्यवस्था गरेका थिए । तम्घास फोह मैलो ब्यवस्थापन समितिको अध्यक्ष रहेको बेला ट्याक्टर खरिद गरि फोहर ब्यवस्थानमा आफुले अहंम भुमिका खेलेको उनको दावी छ । आफुले कुनै लोभ लालचमा नपरि समाज सेवा संगै नेपाली कांग्रेसको राजनीति गर्ने उनको भनाई छ । नेपाली कांग्रेस गुल्मीको असोज १९ गते जिल्लाभर पालिका स्तरको अधिवेशन हुँदै छ । रेसुङ्गा नगरसभापतिमा श्रेष्ठ संगै जयराम पन्थी र गगन केसीले पनि उमेदवारी दावी गर्दै आएका छन् ।