ताजा अपडेट »

भारतबाट काेभिसिल्डकाे दशलाख मात्रा दुईहप्ता भित्र ल्याउने तयारी

सोमबार, १८ असोज २०७८

काठमाडौं । भारतले नेपाललाई उपलब्ध गराउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने भएको छ । भारतको ठूलो खोप उत्पादक कम्पनी सिरम ईन्स्टिच्युटले बाँकी खोप नेपाललाई उपलब्ध गराउने औपचारिक जानकारी दिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.सागर दाहालले बताए ।

दाहालका अनुसार उक्त खोप दुई हप्ताधित्रै नेपाल ल्याउनेगरी तयारी थालिएको छ । उनले भने - ‘भारतले उपलब्ध गराउन बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने ओपचारिक जानकारी दिएको छ,दशैं अगाडि नै खोप ल्याउने तयारीमा हामी छौं ।’नेपालले भारतसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो । जसमध्ये १० लाख डोज प्राप्त भैसकेको छ भने बाँकी खोप दिन भारतले ढिलाई गरेको थियो।गोरखापत्र