ताजा अपडेट »

लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

सोमबार, १८ असोज २०७८

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् ।गएराती लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा लिभरपुल र म्यानचेस्टर सिटी २-२ गोलको बराबरीमा रोकिएका हुन् ।

लिभरपुलका लागि साडियो माने र मोहमद सलाहले एक एक गोल गरेका थिए भने सिटीका लागि फिल फोडेन र केभिन डी ब्रुनेले एक एक गोल गरेका थिए ।यो बराबरी पछि लिभरपुलको ७ खेलमा १५ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ भने म्यानचेस्टर सिटीको ७ खेलमा १४ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।