बुटवल । लाफा समुहको आयोजनामा बुटवलमा जारी बी लेभल पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न भएका छन् । मौसममा खराबी आएपछि खेल समापन गर्ने भनिएको दिनसम्म पहिलो चरणको खेल सकिएको छ । मौसमकै कारण खेल खेलाउन समस्या भएको समुहका अध्यक्ष तारा रेश्मीले दुखेसो गरे ।
आईतबार रातीसम्म भएको पहिलो चरणको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सैनामैना भलिबल सँघलाई २–१, चरङे युवा क्लब (बि)ले इभ्यालुएसन तामनगरलाई २–१, नमस्ते गुल्मी (बि) ले सेन्ट जोसेफ माविलाई २–१, जितेश्वरी युवा क्लबले न्यु होराइजन मा बि (बि)लाई २–१, दिप बोर्डिङले नव प्रभात जितपुर ४ नम्बरलाई २–१, आयोजक लाफा निलोले सिद्धार्थ युवा क्लबलाई २–०, लाङघाली युवा क्लबले सक्रिय युवा क्लबलाई २–१ सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेकाछन । यसैगरि नयागाउ भलिबल क्लब र प्रहरी तालिम केन्द्र बुटवलले वाक ओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।
प्रतियोगितामा विभागीय र राष्ट्रिय प्रतियोगिता सहभागी नभएका ४० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए। यसैगरि द्घितिय टिमले नगद २० हजार, तृतिय टिमले नगद १० हजार रुपैया तथा सान्त्वना टिमले नगद ५ हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए। प्रतियोगिताको प्रथम, द्घितिय, तृतिय र सान्त्वना पुरस्कार युके निवासी दान बहादुर थापा, देविन थापा, ब्रुस थापा, खेम कुमार (रबि)थापा, दिपेन्द्र थापाले ७५ हजार रुपैया बराबर रकम सौजन्य गरेका छन ।
प्रतिक्रिया