ताजा अपडेट »

रुपन्देहीमा निर्माण व्यवसायीका लागि तालिम

आइतबार, १७ असोज २०७८

भैरहवा । रुपन्देहीमा निर्माण व्यवसायीहरुका लागी इजिपी तालिम सुरु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघकको आयोजना तथा लुम्बिनी निर्माण व्यवसायी संघको सह-आयोजनामा दुई दिने तालिम भैरहवामा सुरु भएको हो । तालिमको नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष टोप बहादुर रायमाझीले उदघाटन गरेका हुन् ।

तालिमको उदघाटन गर्दे उपाध्यक्ष रायमाझीले प्रविधिले निर्माण व्यवसायी लाई नयाँ युगमा प्रवेश गराएको बताउँदै सबै निर्माण व्यवसायीलाई तालिममा सहभागी हुन आग्रह गरे । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले ठेक्कामा राज्यले तोक्ने दर रेट र निर्माण व्यवसायीले तय गर्ने दर रेटको फरकले निर्माण व्यवसायी धरासायी हुने बताए ।

लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष विनय ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव प्रयास खडकाले गरेका थिए । आईतबार र सोमबार सञ्चालन हुने तालिममा रुपन्देहीका ५० जना निर्माण व्यवसायी तथा प्रतिनिधी हरु सहभागी भएका छन् । तालिममा असित अधिकारी, ईमेश गौतम, जनक बस्नेतले प्रशिक्षण दिने अध्यक्ष बिनय ज्ञवालीले जानकारी दिए ।