ताजा अपडेट »

नेपालमा थप ६७९ जनामा संक्रमण, ७ को मृत्यु

आइतबार, १७ असोज २०७८

बुटवल । नेपालमा थप ६७९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७० र एन्टिजेन विधिबाट ३ हजार ८५० जनामा परिक्षण गर्दा ६७९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९७ हजार १९२ र एन्टिजेनबाट ९२ हजार ३४ जना पुगेको छ ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४०७ जनाले कोरोना जितेका छन् । यससँगै कोरोना जित्नेको संख्या ७ लाख ६९ हजार २२४ जना पुगेको छ । त्यसैगरी, नेपालमा संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ ।