ताजा अपडेट »

सिद्धबाबा सुरुङ मार्ग निर्माणको प्रक्रिया अघि बढ्यो

आइतबार, १७ असोज २०७८

भैरहवा । सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल–तानसेन सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रको सिद्धबाबा सुरुङ मार्ग निर्माण यसै आर्थिक वर्ष २०७८/७९ भित्रै सुरु गर्ने गरी काम भैरहेको आयोजनाको कार्यालयले जनाएको छ । सुरुङ मार्ग निर्माणका लागि ग्लोबल टेन्डर आह्वान भइसकेको छ । जसमा विभिन्न कम्पनीले निर्माण गर्न प्रतिष्पर्धाका लागि निवेदन दिएका छन्। आवेदन दिनेमा अधिकांश चिनियाँ कम्पनी रहेका छन् । निर्माण कम्पनीले आवेदन दिएको १ महिना पुरा भएको छ ।

अहिले आवेदन दिने कम्पनीहरुसँग उनीहरुको आवश्यक कागजपत्र (डकुमेन्ट) दमगाई अध्ययन गर्ने काम भइरहेको आयोजना सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख डा. विजय जैसीले बताए। ‘अबको तीन महिनाभित्र कम्पनी छनोट हुने छ’ जैसीले भने। कम्पनी छनोट भएपछि ९ महिनाभिन्न डिजाइन बनाएर काम सुरु गर्नुपर्ने सर्त राखिएको छ।

चालु वर्षीभत्रै हामी निर्माणमा जाने छ। सरकारले चालु आर्थिक वर्षमा सुरुङ मार्गका लागि ३० करोड रुपैयाँ छुट्टाएको छ। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ५० करोड रुपैयाँ तुझाएको भए पनि प्रतिस्थापन विधेयक मार्फत २० करोड रुपैयाँ अर्थमन्त्री जनार्दन शर्माले पटाएका छन्। ठेकेदार कम्पनी छनोट भएमा १० प्रतिशतसम्म मुभिलाइजेसन (पेश्की) खर्च दिने व्यवस्था छ।

आवेदन दिने अधिकांश चिनिया कम्पनी

गत साउन २४ गते अन्तिम दिनभित्र चाइना स्ट्रेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पिनी(बेइजिङ), चाइना सिटी, चाइना फष्ट हाइवे इन्जिनियरिङ कर्पोशन लिमिटेड(बेइजिङ)ले संयुक्त उपक्रम(जेभि) ले आवेदन दिएका छन् ।

चिनियाँ कम्पनी जेडआईसीजीले नेपाली शर्मा एण्ड कम्पनीसँग जेभी बनाएर आवेदन दिएको छ। एसीसीई चिनियाँ कम्पनीले नेपाली कम्पनी अनक कन्स्ट्रक्सनसंग जेभी बनाएर आवेदन दिएको छ। जसमा अनक कन्स्ट्रक्सन लिड कम्पनी रहेको छ। सिनो हाइड्रो कर्पोरेशन लिमिटेड र पावर चाइना नर्थ वेष्ट इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र पावर चाइना रोड ब्रिज रूप कर्पोरेशन लिमिटेड (बेइजिङ) से आवेदन दिएको छ।

चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन १४औं ब्यूरो ग्रुप कम्पनी लिमिटेड ( बेइजिङ) ले पनि तीनवटा चिनियाँ कम्पनी मिलेर आवेदन दिएका छन्। चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी कम्पनी लिमिटेड र चाइना रेलवे २ नम्बर इन्जिनियरिङ ग्रुप कर्पोरेशन लिमिटेड (बेइजिङ) दुई चिनियाँ कम्पनीको जेभी केएमसी/भीसीएपीएस जेभीले पनि आवेदन दिएको छ। केएमसी भारतीय कम्पनी हो भने मीसीपीएल (भ्याली कन्स्ट्रक्सन प्राइभेट लिमिटेड) नेपाली कम्पनी हो।

चर्चा भएको वर्षपत्ति बल्ल लयमा विगत ८ वर्षदेखि चर्चामै सिमित रहेको सिद्धार्थ राजमार्गको बुटवल तानसेन खण्डमा पर्ने सिद्धबाबा सुरुधमार्गको निर्माणको काममा बल्ल गति लिने संकेत गरेको छ। ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार काम अगाडि बढेको जैसी बताउँछन्। सरकारले स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडीसी)को आर्थिक र प्राविधिक सहयोगमा एक वर्ष लगाएर सुरुङमार्गको बेसलाइन गराएको हो। सोही आधारमा ठेक्का प्रक्रिया अघि बढाइएको छ ।

सुरुङमार्ग बनाउने योजना आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा घोषणा गरिएको थियो । त्यति बेला सुरुङमार्ग सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँचवर्षे रणनीति समेत बनाएको थियो । नीतिको ३ वर्ष पछि बल्ल सुरुङमाग बनाउन विभागले टेण्टर निकालेर काम अगाडी बढाउन खोजेको हो । सामान्यतया: दूरी पटाउन सुमार्ग बनाउने गरिन्छ । तर, यस सडकखण्डमा भने दुरी घटाउने भन्दा पनि वर्षेनी पहिरोबाट हुने जनधनको क्षति रोक्ने उद्धेश्य बनाउन लागिएको हो । कन्स्ट्रक्सन (इपीसी) निर्माण हुन लागेको सुरुङ मार्ग तोकिएको समयमा सम्पन्न हुने दावी उनको छ।

अर्थमन्त्रालयले १० अर्ब १५ करोड सिमा दिएकोमा त्यहीभित्र रहेर ठेक्का दिने समेत जैसीले बताए। सुरुङमार्गमा चिडियाखोला आयो क्षेत्र रहे पनि सुरुमार्ग भने माथिल्लो सिद्धबाबाबाट सुरु हुनेछ । चिडियाखोलादेखि दुई लेनमा स्तरोन्नति गरिने सुरुदमार्गको अर्को भागको ५०० मिटरलाई पनि दुई लेनमा स्त गरिने योजना सुरुवाको दूरी भने हजार १ सय २६ मिटर लामो हुनेछ। मार्ग मे स्मार अर्थात दूंगा मंदिन एक प्रविधिको प्रयोग गरिने बताइएको छ।-न्यूज ओके