भाद्र २३,
ग्लोबल आवाज
बुटवल । साताको पहिलो दिन हिजो दोहोरो अंकले गिरावट आएको नेप्से परिसूचक तल झर्ने क्रम आज पनि जारी रह्यो । नेप्से परिसूचकमा आज ९ दशमलव ५४ अंकले झरेको छ । १ हजार १७८ दशमलव ४८ अंकबाट कारोबार सुरुभएको आजको नेप्सेको अंक तालिका १ हजार १६८ दशमलव ९१ अंकमा आएर रोकिएको छ ।
१ सय ७३ कम्पनीले जारी गरेका कूल १४ लाख २८ हजार ८३८ सेयर कित्तामा २९ करोड ९२ लाख ७ सय ६४ रुपैयाँको कारोबार भएको छ । ११ बटा उप शिर्षक मध्ये आजको कारोबारमा म्यानूफ्याक्चर एण्ड प्रोडक्सन बाहेक अन्यको अंक ओरालो लागेको हो । म्यानुफ्याक्चर एण्ड प्रोडक्सनको भने ५ दशमलव ३९ अंकले सुधार भएको छ । सोमबार समग्र परिसूचकमा गिरावट आए पनि आँधीखोला लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशतले बढेको छ । तर, युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । यस दिन सबैभन्दा बढी सिभिल बैंकको संस्थापक शेयर किनबेच भएको छ । यस कम्पनीको ४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
प्रतिक्रिया