ताजा अपडेट »

डेंगुबाट सतर्क बनौं, आतंकित नबनौं

सोमबार, २३ भदौ २०७६

आजभोलि डेंगुको आतंक निकै बढेको छ । खास गरेर बालबालिकालाई जुनसुकै ज्वरो आएपनि डेंगु हो, यसको उपचार छैन, डेंगुले मृत्यु नै हुन्छ भनेर अभिभावक धेरै नै  Panic भएको पाइन्छ ।
–डेंगुको निको हुने दर राम्रो मानिन्छ । डेंगु ज्वरोले १–२ हप्तासम्म निकै गाह्रो बनाउँछ । कसैलाई थप केहि हप्ता पनि लाग्न सक्छ ।
– डेंगुको मृत्यु दर निकै कम छ । सुरुमा डेंगुको निदान गरेर उपचार गरेमा जम्मा १ % मृत्यु दर छ । त्यस्तै रक्ताश्राबजन्य डेंगुको समयमै उपचार गरे मृत्यु दर २–५% छ । रक्तश्राबजन्य डेंगुलाई उपचार नगरे यसको मृत्युदर २०–४० प्रतिशत छ ।

– अचानक ठूलो ज्वरो आएमा, टाउको धेरै दुखेमा, आँखाको पछाडि धेरै दुखेमा, मांशपेशी र जोर्नी धेरै दुखेमा, शरीरमा बिमिरा आएमा, नाक र मुख कतैबाट रगत आएमा, वाकवाकी लागेमा र वान्ता भएमा तथा निकै बिसञ्चो अनुभव भएमा तुरुन्त डेंगुको परीक्षण गरौँ ।

– डेंगु ज्वरो भए र नभएको १–२ मै थाहा हुन्छ । डेंगु सेरोलोजी जाँच गर्दा सुरुमा  Ns1 Antigen  पोजिटिभ देखिन्छ । पछि IgM Antibody तथा IgG Antibody  पोजिटिभ देखिन्छ । प्लेत्लेट्स घट्दै जान्छ । प्लेट्लेट्स जति घट्यो, त्यति नै खतरा हुन्छ, अस्पताल भर्ना हुनुपर्ने हुन्छ । तसर्थ नियमित प्लेट्लेट्स जांच गर्नुपर्छ । प्लेट्लेट्स जांच सस्तो छ । रु. १०० पनि पर्दैन ।

– जनस्वास्थ्य प्रयोगशाला टेकुमा  Blood CBC र डेंगु सेरोलोजी जांच ६५० रु. मा हुन्छ । निजि अस्पतालमा यो जांच महँगो छ । उपत्यका बाहिर पनि सराकरी ल्याबमा जांच गर्दा खर्च कम हुन्छ ।

– डेंगुको औषधि छैन शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि र जलबियोजन कम गर्न प्रशस्त झोलिलो खाना खाने, आराम गर्ने तथा केहि गाह्रो अनुभव भएमा अस्पताल भर्ना हुनुपर्दछ ।