काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस टोरिनोमाथि १-० गोल अन्तरले विजयी भएको हो ।
युभेन्टसको जितमा म्यान्युएल लोकाटेलीले खेलको ८६औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल भएको थियो ।युभेन्टसले सिरी ए मा लगातार तेस्रो जित हासिल गरेको छ । ७ खेलमा युभेन्टसको ११ अंक भएको छ ।
त्यस्तै टुरिनोको ७ खेलमा ८ अंक रहेको छ ।
प्रतिक्रिया