काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १९० रनको लक्ष्य पछाएको राजस्थानले १७.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।राजस्थानको जितमा शिभम दुवेले अविजित ६४ रन बनाएका थिए भने यजश्वी जैसवालले २१ बलमा ५० रन बनाएका थिए । त्यस्तै सन्जु सामसनले २८ र एविन लुइजले २७ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै १८९ रन बनाएको थियो ।चेन्नईका लागि रुतुराज गायकवाडले शतकीय पारी खेलेका थिए । गायकवाडले ६० बलमा अविजित १०१ रन बनाएका थिए । त्यस्तै रविन्द्र जडेजाले अविजित ३२ र फाफ डु प्लेसिसले २५ रन बनाएका थिए । राजस्थानका बलर राहुल तेबाटियाले ३ विकेट लिएका थिए ।
राजस्थान रोयल्सको यो जितपछि १२ खेलमा १० अंक हासिल गरेको छ । राजस्थान अंक तालिकामा छैटौ स्थानमा छ । अब प्लेअफमा जानका लागि राजस्थानसहित कोलकोता, पञ्जाब र मुम्बई १२ खेलमा १० अंक बनाएर प्रतिष्पर्धामा रहेका छन् ।त्यस्तै चेन्नईको यो हारपछि १२ खेलमा १८ अंक रहेको छ भने चेन्नई प्लेअफमा पुगिसकेको छ ।
प्रतिक्रिया