ताजा अपडेट »

नेपाल तेक्वान्दो संघमा पुनः राणा

शनिबार, १६ असोज २०७८


भैरहवा । नेपाल तेक्वान्दो संघको अध्यक्षमा फेरी प्रकाश शम्शेर राणा निर्विरोध निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न संघको चौथो महाधिवेशनले राणाको नेतृत्वमा सर्वसम्मत केन्द्रिय समिति चयन गरेको हो । केन्द्रिय समितिको उपाध्यक्षमा सन्जिब रेग्मी, हरिश्वर पोखरेल र नन्दकुमार राई निर्विरोध निर्वाचितभएका छन् । महासचिवमा दिपराजगुरुङ्ग र कोषाध्यक्षमा कासिममिया धोबी चयन भएका छन् । यस्तै केन्द्रिय सदस्यहरुमा रुपन्देहीका कोशिश खडका सहितकुमार लामा घिसिङ, सम्राज्यबिक्रम पाण्डे, सुमन पराजुली, नन्दा बस्याल, रबि थापा, रामगिरी, दिपेन्द्र चन्द ठाकुरी, मदन केसी, गुरु प्रसाद गौतम र मणिराज बिष्ट निर्विरोध चयन भएका छन् ।

नवनिर्वाचित समितिले तेक्वान्दो खेलको विकासमाकाम गर्ने र नेपालमा अन्र्तराष्ट्रिय स्तरका प्रतिष्पर्धाहरु आयोजना गर्ने जनाएको छ । तेक्वान्दोबाट नेपालले बिभिन्नप्रतियोगिताहरुमा स्वर्ण पदकजितेपनिअहिले यो खेल प्रति सरकार उदासिन रहेको बताउदै केन्द्रय अध्यक्ष प्रकाश शम्शेर राणाले यस खेलमार्फत देशकै गरिमा उच्च बनाउने जनाए । यस अघि भैरहवामै सम्पन्न संघको खुल्ला सत्रमा बोल्दै प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवले खेलको माध्यमबाट पनि नेपालका पर्यटन प्रर्वद्धन हुने भएकोले सके सम्म धेरै प्रतियोगिताहरु आयोजना गर्न आग्रह गरेका थिए । उनले राष्ट्रको गरिमा बढाउन खेलले पनि महत्वपूर्ण योगदान गरेको हुदा राज्यले पनि यसमा प्रयाप्त लगानी गर्नु पर्ने आवश्यकता औंल्याएका थिए ।

प्राय महाधिवेशन काठमाण्डौं केन्द्रितहुने भएपनिआन्तरिक पर्यटन उकास्ने उद्देश्य सहित संघको चौथो महाधिवेशन भैरहवामा गरिएको यसका महासचिव दिपराज गुरुङले बताए । महाधिवेशनमा ५६ जिल्लाका तेक्वान्दो संघका अध्यक्ष, ७ प्रदेशका अध्यक्ष तथा बिभिन्न क्षेत्रका प्रतिनिधिहरु गरि १ सय ५० भन्दा बढीको सहभागिता रहेको गुरुङले जानकारी दिए । प्रदेश स्तरिय समिति समेत गठन भई सकेको अवश्थामाआगामी मंसीर महिना भित्र ती प्रदेशका पनिअधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।