ताजा अपडेट »

पावर लिफ्टिङ्गको उपाधि बिक्रम र काेमललाई

शनिबार, १६ असोज २०७८


बुटवल । पावर लिफ्टिङ्गको उपाधि बिक्रम डम्बरपाल र काेमल कुमारीले जितेका छन् । नेपाल पावर लिफ्टिङ्गसँगको तत्वाधानमा व्यायाम व्यवसायी सङ्घ रुपन्देहीको आयोजनामा शनिबार सम्पन्न प्रथम रुपन्देही जिल्ला स्तरीय पावर लिफ्टिङ्ग प्रतियोगितामा पुरुष तर्फ कुल ४३१ केजी बजन उचालेर बिक्रम डम्बरपाल र महिला तर्फ भने कुल २९२ केजी बजन उचालेर काेमल कुमारी थापा बिजेता भएकी हुन्।

बिजेन्द्रमान श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा सनराइज बैंकका प्रबन्धक नविन थापाकाे प्रमुख आतिथ्यता रहेको थियो। छनोट चरण पार गर्दै ३० जना खेलाडीहरु फाइनल राउण्डका लागि प्रवेश गरेका थिए। बुटवल ३ स्थित सिध्दबाबा पार्टि प्यालेसमा सम्पन्न फाइनल राउण्डमा पुरुष ६५ केजी भन्दा माथि समुहमा प्रकाश चाैधरी प्रथम मनाेज मल्लाह दाेश्राे तथा प्रस गुरुङ तेस्रो भए ।

६५ केजी भन्दा मुनिको समुहमा बिक्रम डम्बरपाल प्रथम उदयराज पाण्डे र आबिष्कार खड्का तेस्रो भए । महिला तर्फ ६० केजी भन्दा माथी समुहमा काेमल कुमारी थापा प्रथम निधिका नेपाल दाेश्राे र शान्ती थापा तेस्रो भए । यस्तै ६० केजी भन्दा तल समुहमा मिना कुमारी खाम्चा प्रथम मन्जिता राजभण्डारी दाेश्राे प्रविना राेकाया तेस्रो भए ।

चारवटा चरणमा सञ्चालन गरिएको प्रतियोगितामा उपाधि हासिल गरेका दुवै बिजेताले ट्रफी सहित ५/५ हजार नगद समेत प्राप्त गरे ।प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमुख अतिथि, अध्यक्ष बिजेन्द्रमान श्रेष्ठ, नेपाल पावर लिफ्टिङ्ग संध प्रतियोगिता संचालन समितीका सचिब सुरेश सुवेदी, रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संधका अध्यक्ष सितु प्रसाद श्रेष्ठले प्रमाणपत्र, ट्रफी. मेडल सहित नगद पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको मुख्य प्रायोजन सनराइज बैकले गरेको छ । साे प्रतियोगिताकाेे निर्णय मुख्य निर्णायक बुध्दिजंग कार्की, निर्णायकमा शिव ध्वज राई ,केशब बहादुर शाक्य, राज कुमार श्रेष्ठ, सुरज श्रेष्ठ र सुकदेव कार्कीले गरेका थिए ।