तिलोत्तमा । जनउत्थान वचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभामा २२ करोड बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञानु पौड्यालले जनउत्थान नाम मात्रै नभएर समाजको उत्थानका लागि अघि बढ्दै गरेको बताए । उनले संस्थामार्फत समाजमा रहेका हरेक बर्गको उत्थान र बिशेषगरि गरीबी न्यूनीकरण गर्ने उद्देश्य रहेको बताए । हाल ५ वटा सेवा केन्द्रमार्फत संस्थाले सेवा दिइरहेको उनको भनाई छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार श्यामलाल खरेल, ईश्वरचन्द्र पोखरेल, तिलोत्तमा नगर कार्यपालिका सदस्य एचबी रम्तेल, यम बहादुर थापा, मेखराज पुन, चेतराज पराजुली, कार्यदल सदस्य शिव गौडेल, परामर्श कार्यदलका सिता भट्टराई, शंकर प्रसाद गौतम, हस्त बहादुर हितांग, अर्जुन आचार्य लागायतले शुभकामना मन्तब्य राख्दै जनउत्थान सहकारीले सञ्चालन गर्दै आएकोे सामाजिक तथा आर्थिक र समाज रुपान्तरणका लागि गरेको कार्यको प्रशंसा गरेका थिए ।
आर्थिक प्रतिवेदन निल प्रसाद पुनले राखेको साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन सचिव सरु रानाले प्रस्तुत गरेकी थिईन् । संस्थाका अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षता, गिरि प्रसाद पुनको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन रानाले रहेको थियो ।
तिलोत्तमा १५ कोटिहवामा मुख्य कार्यालय रहेको सहकारीमा हालसम्म २५ हजार ६५ जना शेयर सदस्य आबद्ध रहेको संस्थाका व्यवस्थापक रन बहादुर थापाले बताए ।
प्रतिक्रिया