बुटवल । लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले छैटौं वार्षिक साधारणसभाका निर्णय एकीकृत गर्दै साधारणसभा समापन गरेको छ । शनिवार एक कार्यक्रमकाबीच सहकारीले सेवा केन्द्र विस्तार, सहकारी पसलको शाखा विस्तार, शेयर लाभांश वितरण लगाएतका निर्णयहरु एकीकृत सहित पारित गरेको सहकारीका अध्यक्ष गंगालाल सापकोटाले जनाकारी दिए । अध्यक्ष सापकोटाका अनुसार सहकारीले पहिलो सेवा केन्द्रका रुपमा तिलोत्तमाको दीपनगरमा सेवा केन्द्र विस्तार गरेको छ । सहकारीले रुपन्देही जिल्लाका चार स्थानमा सहकारीका सेवा केन्द्रहरु विस्तार गर्न स्वीकृती प्राप्त भएको उनले बताए ।
शेयर पूँजी २ कारोड ४४ लाख ६३ हजार ७ सय रहेको सहकारीको बचत निक्षेप १० करोड ५५ लाख ९ हजार ७ सय ९३ रुपैया रहेको छ । जस मध्ये सरकारले संचालन गरेको उपभोत्ता पसलमा ८५ लाख ९९ हजार ६ सय ३७ रुपैया लगानी रहेको कोषाध्यक्ष गोपाल प्रसाद गैरेले बताए । सहकारीको कुल सम्पत्ति १५ करोड ४९ लाख ६४ हजार ५ सय ७५ रुपैया रहेको गैरेले बताए । विगत वर्ष कै ५ हजारमा संस्थाको शेयर सदस्य बन्न सकिने प्रावधान, कल्याणकारी कोष समेतलाई निरन्तरता दिइएको अध्यक्ष सापकोटाले बताए । शेयर सदस्यहरुका लागि दुर्घटना विमाको विमांक बृद्धि गरी दुई लाख पचार हजार पुर्याइएको उनले बताए ।
जसका लागि प्रतिनयाँ शेयर सदस्य एक हजार रुपैया लाग्ने छ । साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्ष सापकोटाले आर्थिक वर्ष ०७७ ०७८ को प्रगति प्रतिवेदन, नीति कार्यक्रम सहितको प्रतिवेदन पारित गरेको छ । त्यस्तै सभाले लेखा संयोजक उमलाल बन्जाडेको लेखा परीक्षण प्रतिवेदन समेत पारित गरेको छ । कार्यक्रममा संस्थाका जेष्ठ शेयर सदस्य दील प्रसाद नेपाली, उपाध्यक्ष यज्ञप्रसाद उपाध्यय, सचिव राजु पौडेल, सल्लाहकार पदम श्रेष्ठ, बाबुराम आचार्यलगाएतले बोल्दै सहकारीलाई थप व्यवस्थित बताउनु पर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया