ताजा अपडेट »

नादेझ्दा कप फुटबल: नेपालले उज्बेकिस्ता विरुद्ध खेल्दै

सोमबार, २३ भदौ २०७६

भाद्र २३,
ग्लोबल आवाज
बुटवल । किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिता अन्तरगत नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज उज्बेकिस्तानको सामना गर्दै छ । प्रतियोगिताको पहिलो खेलमा हिजो घरेलु टिम किर्गिस्थानलाई २–८ को गोल अन्तरले पराजीत गरेको नेपालको यो दोस्रो खेल हो ।

उज्बेकिस्तानले पनि पहिलो खेलमा ताजिकिस्तानलाई १२–० को फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरिसकेको छ । आज विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने बलियो सम्भावना रहनेछ । नेपालले आजको खेलमा केहि परिवर्तन गर्ने सम्भावना रहेको छ । लगातार तीन दिन समूह चरणका खेल खेल्नुपर्ने भएकाले प्रशिक्षक हरि खड्काले टोलीमा परिवर्तन गर्न सक्छन् । टोलीमा १८ खेलाडी मात्र रहेकाले पनि प्रशिक्षक खड्काले केहि खेलाडीलाई विश्राम दिन सक्छन् । आजको खेल फाइनल समीकरणको लागि महत्वपूर्ण रहने भएकाले पनि नेपालले मुख्य टोली उतार्न सक्छ ।

भोली समूहको अन्तिम खेल ताजिकिस्तानविरुद्ध केहि सहज हुने कारण दोस्रो रोजाईका खेलाडी खेल्न सक्छन् । नेपाल र उज्बेकिस्ताबीच आज खेल ११ः४५ बजे सुरु हुनेछ ।