ताजा अपडेट »

टुगा आस्था सहकारीको तेस्रो साधारण सभा

शनिबार, १६ असोज २०७८

भैरहवा । टुगा आस्था विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार तिलोत्तमा नगरपालिका वडा नम्बर १५ कोटिहवामा भएको साधारणसभा तथा समापन कार्यक्रम संस्थाका अध्यक्ष डि बि थापाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा बोल्दै बचत तथा ऋण सहकारी संघ नेपाल (नेफ्स्कुन) लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले बित्तीय कारोवार गर्ने संस्थाले वित्तीय सुरक्षा गर्न सके संस्था सफल हुने बताए । नेपालका अनुसार “सहकारीको ब्यवस्थापकिय ज्ञान र शिप क्षमता बिकास गर्नको लागी बिभिन्न तालिमहरुमा सहभागी भएर अझै बढि ज्ञान हासिल गर्नुपर्ने हुन्छ । नेपालले सस्तो लोकप्रियता नदेखाएर आर्थिक अनुशासन कायम गर्ने कुरामा जोड दिन आग्रह गरे । नेपालका अनुसार पछिल्लो समय केही सहकारीले शुरुवाती समयमा लोकप्रियताको लागी बढि नाफा देखाउने र नाफा बाढ्ने तर जगेडा कोषमा पैसा नहुँदा सदस्यले मागेको समयमा बचत फिर्ता गर्न नसक्दा धरासायी भएको अवस्था छ ।”

कार्यक्रममा संस्थाका अध्यक्ष डिबि थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दुई बर्ष अघि तिन वटा सहकारी संस्था एकिकरण पछि बनेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य उद्देश्यनै बित्तीय सुशासन, प्रतिस्पर्धी तथा समुदायमा आधारित उत्कृष्ट सहकारीको रुपमा अघि बढ्नु रहेको जानकारी दिए । थापाका अनुसार हाल ६७ करोड पुँजीमा निर्माण भएको टुगा आस्थामा तिनवटा पालिकाको ८ वडा कार्यक्षेत्रका ५४ सय नागरिकहरु आवद्ध रहेका छन् ।

थापाले संस्थालाई राष्ट्रिय स्तरमा पहिचान गराउन र पुर्ण व्यवसायिक तथा सुशासनयुक्त भएको प्रमाण हासिल गर्न सहकारी विभाग तथा नेफ्स्कुनको सहकार्यमा संचालित कार्यक्रम प्रोबेसन ब्राण्ड यसै बर्ष हासिल गर्न सफल हुने विश्वास ब्यक्त गरे । संस्थाका सचिव जित बहादुर रास्कोटीको संचालनमा भएको कार्यक्रममा नेफ्स्कुन कार्यक्रम अधिकृत मनोज खड्का, राष्ट्रिय सहकारी बैंक भैरहवाका शाखा प्रमुख आलोक सिवाकोटी, कोषाध्यक्ष लाल बहादुर थापा, प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेल, बरिष्ठ सल्लाहकार भिम बहादुर पुन लगायतको आतिथ्यता रहेको थियो ।

उपाध्यक्ष परशुराम बास्तोलाको स्वागत मन्तव्यमा भएको कार्यक्रममा लेखा संयोजक घनश्याम कठरिया थारुले लेखा सुपरिबेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी र सदस्य बिस्तार अभियानकर्तालाई सम्मान गरिएको थियो ।

टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक बर्ष २०७७/०७८ को आषाढ मसान्त सम्म सदस्य संख्या ५ हजार २ सय ७६ जना जसमा २ हजार ४ सय ४७ जना महिला र २ हजार ८ सय २७ जना पुरुष रहेका छन् भने २ जना सदस्य संस्थागत रहेका छन् । संस्थाको सेयर पुजी ६ करोड ८२ लाख ५ हजार, कर्जा लगानी ५२ करोड ४८ लाख २ हजार ८० र बचत ५० करोड ३९ लाख २४ हजार ६ सय २० रुपैया रहेको छ ।

संस्थाले बचत तथा ऋण बाहेक रेमिट सेवा, बिमा र मोवाईल बैंकिङ मार्फत पनि सेवा दिदै आएको छ । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ओमसतिया गाउपालिका वडा नं १,२,३, सियारी गाउपालिकाको वडा नं १ र तिलोत्तमा नगरपालिका वडाहरु ७,८,९,१३,१४,१५,१६ मा कार्यक्षेत्र रहेको छ । संस्थाले सदस्यहरुलाई ६ देखि ९.५ प्रतिशत ब्याजदर दिइने गरेको छ भने सदस्यबाट ८.९९ देखि १२ प्रतिशत सम्म ब्याजदर लिइने गरेको छ ।

संस्थाको आयकर अघिको मुनाफा १ करोड ४४ लाख ८१ हजार ४ सय १७ रुपैया रहेको छ । संस्थाको कुल पुजी तथा दायित्व ६३ करोड ९२ लाख १७ हजार ७ सय १ रुपैया रहेको छ ।