ताजा अपडेट »

वरिष्ठ डा. रुइतलाई डेंगु , ४ दिनदेखि अस्पताल

सोमबार, २३ भदौ २०७६

भदौ २३,

काठमाण्डौं । आँखाका वरिष्ठ डाक्टर सन्दुक रुइतलाई डेंगुको संक्रमण भएको छ। उनलाई हाल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनीनिकट स्रोतले जानकारी दिएको छ। उनी ४ दिनदेखि अस्पतालमा छन्। उनीसँगै उनका परिवारका अन्य ३ जनालाई पनि डेंगु संक्रमण भएको छ। तिलगंगा आँखा केन्द्रका निर्देशक डा‍. रुइत सरल र कम लागतमा मोतिबिन्दुको चिकित्सापद्धति 'रुइतेक्टोमी'का सुरुवातकर्ता हुन्।

सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाएका उनले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरिसकेका छन्। अस्पताल भर्ना भए पनि रुइतको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी नभइसकेको स्रोतले बताएको छ। पछिल्लो समय देशभरमा डेंगी संक्रमण हुने दर बढेको छ। वैशाखदेखि फैलिएको डेंगीबाट ४८ भन्दा बढी जिल्लामा ५ हजारभन्दा धेरै स‌ंक्रमित भइसकेका छन्। गत बुधबार मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल पनि डेंगी संक्रमण देखिएर ग्रान्डी इन्टरनेसनल हस्पिटलमा भर्ना भएका थिए।